पल्पसा क्याफेकी पल्पसा म

‘पल्पसा क्याफे’ मैले पढेको पहिलो पुस्तक भनौं या उपन्यास भनौं | सायद म ब्याचलर पहिलो वर्षमा पढ्दै थिएँ होला जब मैले यो पुस्तक पहिलो पटक पढेथें | सायद त्यति बेला मेरो मष्तिस्क त्यति वयष्क पनि थिएन होला जब म पल्पसा क्याफेको दुनियामा प्रवेश गरें तर पनि मलाई यसको संसार सार्है रमाईलो लग्यो | यसले मेरो मननै छोयो या भनौं यति प्रभावित पार्यो कि मलाई त अहिलेसम्म पनि आफू पल्पसाझैं लाग्छ | थाहा छैन नारायण वाग्लेले कस्तो केटीको कल्पना गरेर पल्पसाको क्यारेक्टर पैदा गरेको हो तर म भने पल्पसामा आफूलाई जीवन्त पाउँछु |पल्पसा उपन्यासकी प्रमुख महिला पात्र थिईन् अलिअलि दृश्यको प्रेमिका पनि थिईन् सायद | म सो पात्रसँग यति धेरै नजिकिनु अथवा प्रभावित हुनुको कारण मलाई बोल्ड केटीहरु मन पर्छ र उनी तीनै बोल्ड केटीहरु मध्य एक थिईन् | बिन्दास, फ्री, ट्राभल गर्न रुचाउने, देखेका विभिन्न कुराहरुलाई आफ्नो क्यामेरामा कैद गर्न रुचाउने, adventurous अनि डकुमेन्ट्री मेकर यी रुची भएकी पल्पसाको पात्रमा मैले आफूलाई देखें भन्दा त्यस्तो अनुचित नहोला किनकि मेरो पनि रुचीहरु या भनौं field of interest यिनै हुन् | अनि जुन जुन विशेषण या शब्दहरुले उपन्यासमा पल्पसालाई व्याख्या गरिएको छ त्यो मलाई सार्है चित्त बुझ्दो लागेको छ |

पल्पसाको व्यक्तित्व बाहेक मलाई दृश्य पनि एकदम मन परेको पात्र हो यो उपन्यासमा | उनीहरुबिचको अनौठो सम्वन्ध त झन् यति धेरै रमाईलो लाग्यो कि म त आफूलाई पल्पसाको कल्पना गर्दा गर्दै कुनै समय आफ्नो लागि दृश्यजस्तै साथीको समेत कल्पना गर्न थालेको पत्तै पाएनछु | अझ एउटा रमाईलो प्रशङ्ग त एकदिन सामाजिक संजालमा एक दिन एउटा यस्तो व्यक्ति भेटें कि जो दृश्यको फ्यान रहेछ र एक समय यस्तो थियो रे उनि पल्पसाको खोजीमा भारतसम्म पुगेरे जसरि दृश्यले भारतमा पल्पसालाई भेटे उपन्यासको सुरुमा भने अनुसार उनी पनि पल्पसा क्याफेको अंग्रेजी संस्मरण बोकेर आफ्नो पल्पसा भेट्यो भने दिउँला भनेर गएका थिए रे | कुरै कुरामा यस्तो सुन्दा रमाईलो लाग्यो | कस्तो रोम्यान्टिक लाग्यो अनि आफैसँग हाँस पनि उठ्यो कताकता किनकि संसारमा म मात्र पागल त होइन रहेछ |

पल्पसा क्याफेको म त नामदेखि नै प्रभावित भएको थिएँ तर पुस्तक सबै भ्याएपछि झन् यसको कथामा, दृश्यको प्रेम गर्ने शैलीमा अनि उपन्यासकारको लेखनशैलीमा त म झन् फिदा भएँ | त्यतिबेलाको संक्रमणकालीन समयलाई कस्तो मजाले मिल्दो र सुहाँउदो पात्रहरु खडा गरि परिवेश अनुसारको लवज कहिले भावनात्मक त कहिले ठट्यौली प्रेम कथा समग्रमा रमाईलो उपन्यास | सकभर यो पुस्ताको लागि त एक पटक नपढी नहुने पुस्तक भन्दा पनि फरक नपर्ला किनकि यसले देशको राजनीतिक परिवर्तनलाई रमाईलो शैलीमा प्रस्तुत गरेको छ |

पल्पसा क्याफेमा मलाई मन नपरेको पाटो विरलै होलान् किनकि म त आफै पल्पसासँग दाँज्न थालिसकेथें र अझ त्योभन्दा नि बेशी त आफ्नो प्रेमी दृश्यजस्तै भईदियोस् भन्ने भ्रम समेत पाल्न थालेथें | तसर्थ, यो भन्न मलाई कत्ति पनि असजिलो हुँदैन कि पल्पसा नाम नभएपनि म आफ्नो छवी यस पात्रमा मज्जाले देख्छु | त्यसैले म पल्पसा क्याफेकी पल्पसा हुँ तर सबै कुरा मलाई स्वीकार्य छ तर म अरुको गल्तीले गर्दा भएको पल्पसाको मृत्यु जस्तो मृत्यु भने चाहन्न | त्यसैले, त म अर्को पल्पसा त्यसरी संक्रमणकाल अथवा संकटकालजस्ता परिस्थितिले निम्त्याएको भयानक मृत्यु मर्न नपरोस् भनेर संक्रमणकाललाई जतिसक्दो छिटो टुंग्याई देशमा शुशासन र अमन चयनको लागि खबरदारी गर्दैछु |

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s