हाईवेसँगको मेरो नाता

आज मेरो छोरी या भनौं भदैनीको न्वारनमा पनि पुरै समय दिन नसकि लागियो धादिंगको गल्छी हुँदै चरौंदीतिर | मनमा अलिक खिन्न भईरहेको छ किनकि घरमा यति खुसीको माहोल छोडेर त्यो पनि पहिलो पटक निनी बनेर भदैनीको नाम राख्नु पर्ने बेलामा आफू भने यात्रातिर लम्कदै छु सडकमा मानव सुरक्षा खोज्दै हाईवेतिर नविन सिलवाल, शाम्भवी चापागाईं र अभिसेष नेपालसहितको टिमको साथीहरुसँग |

यात्रामा निकै लगाव त्यही माथि पनि क्यामेरासँग भनेपछि त जे पनि त्याग्न सक्ने म त्यस दिन पनि लागें सडकमा मानव सुरक्षाको वृत्तचित्र खिच्नको लागि | पहिलो पटक नयाँ टिमसँग काम गरिंदै थियो त्यही भएर पनि होला सायद मनमा एक प्रकारको रमाईलो लागिरहेथ्यो | सबैजनाको team spirit त्यस्तो मध्य गर्मीमा पनि काम गर्ने जोश र जाँगरले हाम्रो कामलाई अझ रोचक बनाईरहेथ्यो | अन्तर्वार्ताको दौरान झन् विभिन्न मानिसहरुको आफ्नो यथार्थ हाईवेसँग सम्वन्धित तिता मिठा अनुभव र कथाहरुले त झन् हाम्रो यात्रालाई धेरै कुराहरु सिक्ने मध्यम पनि बनाईरहेथ्यो | अझ झन् बीचबिचमा मलेखुको माछाको ब्रेक, मुग्लिनको खानको ब्रेकले त झन् के भन्नु सुनमा सुगन्ध थपिरहेथ्यो | त्यसपछि दिनको अन्त्यमा नविनको घरको बसाईले त झन् उसको परिवारसँग अर्को एउटा नातानै लगाईदियो |

हाईवेमा सधैं हिडिन्थ्यो तर यो पटकको २ दिने हाईवे यात्राले धेरै कुरा सिकायो, धेरै कुरा बुझायो | कसैको कथामा सँगै भिज्न सिकायो भने कसैसँग नाता गाँस्न पनि सिकायो |
Highway

SAM_0711

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s