मेरो मत अपराधी र भ्रष्टाचारीलाई जिताउन सहयोगी बन्दैन

पहिलो संविधानसभाले संविधान दिन नसकेपछि हामी नेपालीहरु धेरै निराश भएका छौँ | यत्रो समय थप्दा पनि पहिलो संविधानसभाबाट संविधान दिन नसकेपछि हाम्रो राजनीतिज्ञ र राजनीतिक दलप्रति विश्वास अलिकति हटेको छ |

निरङ्कुश राजाको शासनलाई हटाएर नयाँ नेपालको आशा सहित जनताकै प्रतिनिधिलाई decision making मा राख्दा पनि देश बनाउनु र नागरिकको दु:ख-सुख साट्नु त कता हो कता उल्टै झन् आफ्नो पदको दुरुपयोग गरेर, अनैतिक कामहरु गरेर झन् आफ्नो पदकै मर्यादा पो लाजमर्दो बनाएका छन् त ! यिनीहरुको यस्तो हर्कत देखेर नागरिकहरु राजनीति भन्ने शब्दसँग विरक्तिएका छन् | तैपनि के गर्नु सधैं यिनीहरुसँग गुनासो गरेर रिसाएर पनि त बस्न सकिन्न नि !

त्यसैले हामीले फेरि दोश्रो संविधानसभाको निर्वाचन गर्ने निर्णयलाई पनि सहजै स्विकार्यौं तर यो पटक भने हामीले त्यस्तो गल्ति नदोहोर्यौं, पहिलाको गल्तिबाट पाठ सिकौं भनेर हामीले ‘मेरो मत अपराधी र भ्रष्टाचारीलाई जिताउन सहयोगी बन्दैन’ भनेर ‘स्वच्छ निर्वाचन योग्य प्रतिनिधि’ नामक अभियान गर्यौं देशका १९ जिल्लामा निर्वाचनको १ महिना अगाडि जसले गर्दा नागरिक आफैले आफ्नो पहिला गलत गर्ने या नगर्ने प्रतिनिधिलाई आफ्नैतर्फबाट खबरदारी स्वरूप commitment गराउन सकून् |

Election Campaign SAM_0550

हाम्रो यो गर्नुको एउटा मात्रै ध्येय थियो पहिला अपराधी, भ्रष्टाचारी ठहरिएका र नराम्रा कामहरु गरेका हाम्रा प्रतिनिधिहरु फेरि य्स्पी पनि हाम्रो घरदैलोमा मत माग्न आए भने हामी नागरिकले उनीहरुलाई हाम्रो मत प्रति जिम्मेवार बनाउन सकौं र confidence का साथ भन्न सकौं कि साँचीनै मेरो मत अपराधी र भ्रष्टाचारीलाई जिताउन कदापी सहयोगी बन्दैन !

Election Campaign SAM_0520

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s