Digital Observation from the eyes of voters on second CA election

Introduction:

मंग्शिर ४ गते भएको एतिहासिक संविधानसभाको दोश्रो निर्वाचनमा विभिन्न संघ-संस्थाहरुले यसको अवलोकन,निरीक्षण गर्ने जिम्मेवारी लिएका थिए| कति निर्वाचन अयोगलेनै खटाएका थिए भने कोहि विभिन्न NGO-INGOसंग सम्बन्धित थिए| यसैगरि राष्ट्रिय र स्थानीय संचार माध्यमहरुले पनि चुनावको हरेक गतिविधिहरुलाई आफ्नो मुख्य सामग्री बनाएका थिए| सबै क्षेत्रबाट यो निर्वाचनमा विशेष चासो थियो| पहिलो संविधानसभा विफल भएर पनि सायद यो पाली उम्मेदवार र दलहरुका हरेक क्रियाकलापमा विभिन्न अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानीय संचार जगतका साथै अन्य राष्ट्रिय-अन्तराष्ट्रिय संघसंस्थाले चासो देखाएको हो|

हामी, तन्नेरी चासोले पनि यो निर्वाचनमा आम नागरिकको तर्फबाट व्यक्तिगत अवलोकन किन नगर्ने भनेर caelection2013 digital monitoring भनेर विषेशगरि मौन अवस्था सुरु भएपछिको समय मंग्शिर २ देखि निर्वाचनको भोलिपल्ट अर्थात् ५ गते सम्म अवलोकन गर्यो| यो अवलोकनको लागि हामीले हाम्रै  संजालको विभिन्न जिल्लामा रहेका युवाहरु एवं आम नागरिकहरुलाई नै परिचालन गरेका थियौं| मौन अवस्थाको दिनदेखि भोट हाल्दासम्म मतदाताले अथवा नागरिकले आफ्नो क्षेत्र, आफ्नो मतदान केन्द्रमा के के देख्छन,के के अवलोकन गर्छन ति कुराहरुलाई हामीले ठाउं दिएका थियौं जसले गर्दा हामीले हाम्रा उम्मेदवार र दलहरुलाई आम नागरिकका तर्फबाट निगरानी गरिरहेका थियौं|

Objectives :

  • हामीले नागरिकका तर्फबाट व्यक्तिगत अवलोकन गरेका थियौं जसले गर्दा हामी आम नागरिक या भनौं मतदातालाई के कुराहरु हुनु हुदैन थियो जस्तो लाग्थ्यो अथवा के कुरा चित्त बुझ्दो लाग्थ्यो सबै कुराहरुलाई हामीले स्थान दिएका थियौं|
  • हामीले मौन अवस्थामा उम्मेदवार र दलहरुका गतिविधिको निगरानी गरिरहेका थियौं|
  • चुनावको मुख्य तत्व उम्मेदवार र दल बाहेक हामीले चुनावसंग सम्बन्धित अन्य पक्षहरु जस्तै निर्वाचन आयोग, स्वदेशी तथा विदेशी पर्यवेक्षक, स्वयंसेवक, प्रहरी,…र निर्वाचनमा खटाईएका अन्य कर्मचारीहरुको गतिविधिलाई पनि निगरानी गरेका थियौं|
  • साथै हामीले सरकारले निर्वाचनमा प्रदान गरेको शान्ति-सुरक्षा व्यवस्थालाई पनि हेरिरहेका थियौं|
  • मतदाता परिचयपत्र र मतदाताहरुको निर्वाचनप्रतिको उत्साह सबैलाई हामीले समेट्ने प्रयास गरेका थियौं|
  • कुन ठाउँमा कस्ता निर्वाचनलाई प्रवाभ पार्ने गतिविधिहरु भए ति सबैलाई पनि हामीले अवलोकन गरिरहेका थियौं|
  • एउटा दलले निर्वाचन बहिष्कार गरिरहेको बेला निर्वाचनलाई के कस्तो प्रवाभ पर्यो भन्ने कुरा पनि हामीहरुले जाँचिरहेका थियौं|
  • कार्तिक २५ गतेदेखि निर्वाचन दिन मंगसिर ४सम्म आह्वान गरिएको बन्दले मतदातामा पर्न गएको असर
  • उम्मेदवार र दलहरुले निर्वाचन आचारसंहिताको कतिको पालना गरेको या नगरेको हेर्नु|
  • हरेक बुथमा मतदाताहरुले राम्ररी शान्तिपूर्ण रूपले मतदान गर्न पाए कि पाएन भनेर हेर्नु|
  • यो निर्वाचन स्वच्छ र धाँधलीरहित थियो कि थिएन हेर्नु|
  • व्यक्तिगत अवलोकनको आधारमा रिपोर्ट गर्नु|

Analysis:

हामीले प्राप्त गरेको रिपोर्टहरुलाई तलका विभिन्न भागमा वर्गीकृत गरि रिपोर्ट राखेका थियौं जसले गर्दा हामीलाई पछि analyse गर्न सजिलो होस्|

  • शान्ति-सुरक्षा
  • निर्वाचनलाई प्रभाव पार्ने गतिविधिहरु
  • मतदाता परिचयपत्र
  • सहभागिताको उत्साह
  • मौन अवस्था
  • निर्वाचनको दिन
  • झडप
  • संचार माध्यम
  • निर्वाचन पछि
  • पर्यवेक्षक

Findings :

१. मतदाता परिचयपत्र:

निर्वाचन आयोगले यस पालीदेखि सुरु गरेको मतदाता परिचयपत्रको सुरुवात राम्रो भएपनि त्यति प्रभाव पार्न सकेन| परिचयपत्रसंग सम्बन्धित हामीसंग आएका रिपोर्टहरु:

-सवारीसाधन नचलेर मतदाता परिचयपत्र लिन जना समस्या|

-कुनै अर्धकट्टी-नागरिकता बिना नै धेरै जस्तो ठाउंमा परिचयपत्र वितरण गरेको पाइयो|

-त्यत्रो समय अगाडीदेखि मतदाता नामावलीमा लेखाएर फोटो खिचेको भएपनि निर्वाचनको मुखमा पनि अधिकांस ठाउँमा मतदाताहरुले परिचयपत्र नपाएको, कतै फोटो र नाम नमिलेको, कतै नाम डबल परेको, एक ठाउँको परिचयपत्र अर्को ठाउँमा, नामावलीमा नाम लेखौनेको पनि नाम नभेटिएको पाइयो|

-समयमा परिचयपत्र नपुगेर जनता अन्योलमा|

-दुई दिन बाढ्ने भनिएको परिचयपत्र कतै ढिला सुरु गरिएको भएर निर्वाचनको अघिल्लो सांझसम्म वितरण गरिएको पाइयो|

-system नबुझेर line अलिक व्यव

स्थित नदेखिएको जसले गर्दा धाँधली भएको जनगुनासो|

-कति ठाउँमा त मंग्शिर महिना परेकोले काम धेरै भएर पनि लिन जान नभ्याएको पनि गुनासो|

-उपत्यका बाहिर परिचयपत्र लिनेको लाईन लामो भएको भनिएपनि राजधानीमा तेती लाईन नदेखिएको पाइयो|

-कर्मचारीहरुले त्यती राम्रो व्यवस्थित तरिकाले वितरण गरिएको पाइएन|

-यध्यपि परिचयपत्र सबैसम्म पुग्न नसकेपनि हुनेहरुको भने पुर्याउने प्रयत्न गरिएको पाइयो|

२.सहभागिताको उत्साह :

पहिलो संबिधानसभाले संबिधान बनाउन नसकेर जनताहरुमा निराशा छाएको अवस्थामा फेरी मुलुकमा दोश्रो निर्वाचन हुन लाग्दा जनताहरु अब चाहिं देशले गति लिनेछ कि भनेर अब आफ्नो मतको सदुपयोग गर्नुपर्छ भनेर उत्साहित नै थिए| कुनै दलले बहिष्कार गरिरेको अवस्थामा निर्वाचनमा उनिहरुलाई नि सहभागी गराए राम्रो बेस हुनेथियो भनेर अधिकांस जनचाहना भएपनि अब जसरि नि हुने भएपछि यसमै चित्त बुझाएर भएपनि सहभागिता जनाउनु पर्छ भनेर भनिरहेका थिए| बहिस्करवादिको निर्वाचनको मुखमा गरिएको बन्दलाई पनि बेवास्ता गरि जनताहरु आफ्नो सहभागिता जनौना आतुर देखिए|

-अधिकांस ठाउंहरुमा मतदान शान्तिपूर्वक नै भयो|

-मंगसिरको चर्को घामको पनि वास्ता नगरी लाइन बसेरै भएपनि भोट हाले|

-कतै कतै त हाम्रोभन्दा राम्रोको खोजि गरौँ है भन्ने खालको मतदाताको मुखमा नाराहरु पनि पाइयो भने कतै अन्तिम chance दिउँ न त भन्ने खालको त कतै right to reject को system हुनुपर्ने गुनासो त कतै सहि मान्छेलाई मतदान गरौं भन्ने त कतै फेरी फेरी भोट हाल्न पाईदैन जीवन बिमा गरेर भएपनि मतदान त गरिन्छ भनेर मतदाताहरुमा उत्साह पाइयो|

-सरकारको सुरक्षा कडा नभएपनि हिंशात्मक गतिविधिहरुको समाचार बढेपनि जनताहरु त्रशित नभई डबल पैसा तिरेर भएपनि भोट हाल्न आफ्-आफ्नो गाउँ गएका थिए|कोहि त सदरमुकामबाट गाडी रिजर्भ गरेर गाउँ गएका थिए भने कोहि पैदल हिडेरै पनि गएका थिए|

-धनकुटामा त १२० वर्षको बृदाले पनि मतदान गरेक थिए| यस्तै देशका अन्य भागहरुमा पनि बृदाहरुले मजाले सहभागिता जनाएको पाइयो|

-कतिपय ठाउँमा त पुरुषभन्दा महिला सहभागिता बढी पाइयो|(धनकुटा)

-३ दिनको क्रियापुत्रीले पनि मतदान गरेको पाइयो र ८-९ महिनाको बच्चा बोकेर पनि मतदान गर्न गएको पाइयो|(धनकुटा)

-कतै चुनाव कसले जित्ला भन्दै बाजी थपिरहेका थिए|

जे होस् मतदाताहरुले एकदम राम्रो र उत्साहजनक सहभागिता जनाएर निर्वाचनलाई सफल बनाउन सक्दो लागिपरेका थिए|

३.झडप:

निर्वाचन बहिष्कारवादीको बहिष्कारको आन्दोलन त् आफ्नो ठाउँमा छ तर निर्वाचनमा भाग line दलहरु अझ भन्नुपर्दा मुख्य ठुला भनिएको दलहरुका कार्यकर्ताबिचको विभिन्न स्थानमा भएको झडपहरु पनि यसपालिको चुनावको मुख्य समाचार नै बन्यो| झडपहरु कुनै सामान्य थिए भने कुनै हिंशात्मक प्रकृतिका पनि थिए|यसपालिको निर्वाचनको दौरान देखिएको झडपहरु तल देखाईएको छ|

क्र.सं को-को बीच झडपको प्रकृति घाइते
काँग्रेस र एमाले आक्रमण ५(कांग्रेस)
एमाओवादी र जनमोर्चा झडप १०
एमाले र ढुंगामुढा २०(एमाले समर्थक)
एमाले र एमाओवादी झडप ५(एमाओवादी)
एमाओवादी र एमाले झडप संख्या खुलाइएको छैन(एमाओवादी उम्मेदवारसहित कार्यकर्ता घाइते)
एमाओवादी र एमाले आक्रमण ६(एमाले)
एमाओवादीकै समूह झडप १०(दुवै समुहको)
एमाओवादी र एमाले कुटपिट १(एमाले)

एमाओवादी र काँग्रेस आक्रमण ५(कांग्रेस)
१० एमाओवादी र काँग्रेस आक्रमण
११ एमाओवादी र काँग्रेस आक्रमण
१२ एमाले र संघिय समाजवादी झडप २(संघिय समाजवादी)
१३ राष्ट्रिय जनमोर्चा र एमाओवादी अपहरण ४(साहायक मतदान अधिकृतसहित एमाओवादी कार्यकर्ता)
१४ एमाओवादी र फोरम नेपाल गोलि हानाहान २(एमाओवादी र स्थानीय)
१५ एमाओवादी र मधेसी जनाधिकारफोरम झडप
१६ एमाओवादी र काँग्रेस झडप २(काँग्रेस)

४(एमाओवादी)

१७ एमाले र एमाओवादी कार्यक्रममा वाधा
१८ तमलोपा र काँग्रेस झडप
१९ एमाले र काँग्रेस झडप
२० एमाले नकावधारी द्वारा नेता कुटे २(एमाले)
२१ एमाले र एमाओवादी बम पड्काएको आरोप
२२ एमाओवादी र एमाले झडप ४ पक्राउ(एमाओवादी)
२३ जनमोर्चा र नेपाल विध्यार्थी संघ आक्रमण ७(नेपाल विध्यार्थी संघका अध्यक्ष्य सहित परिवारका अन्य सदस्य)
२४ एमाओवादी र विपक्षी उम्मेद्वारमाथि

हमला

२५ काँग्रेस र एमाले झडप ७(दुवै तर्फको)
२६ कांग्रेस र राप्रपा बाटो छेक्ने
२७ काँग्रेस र एमाले ढुंगामुढा
२८ एमाओवादी र काँग्रेस घर जलाए
२९ काँग्रेस र एमाले झडप ३(कांग्रेस)

१(एमाले)

३० एमाले र काँग्रेस झडप केहि
३१ एमाओवादी र काँग्रेस झडप
३२ काँग्रेस र एमाले झडप
३३ एमाले र एमाओवादी झडप ३(एमाले)
३४ एमाले र एमाओवादी आक्रमण ९(एमाले)
३५ एमाओवादी र जनमोर्चा झडप ९(दुवै तर्फको)

४.संचारमाध्यम:

संचारमाध्यम राष्ट्रको चौथों अंग भएकोले गर्दा पनि मुलुकको हरेक गतिविधिमा चासो दिनु र जनतालाई यस बारेमा सुचित गराउनु यसको ठुलो जिम्मेवारी हुन जान्छ| यो निर्वाचनमा पनि हाम्रा राष्ट्रिय तथा स्थानीय संचारमाध्यमहरुले जसरि हुन्छ यो मौकाको सदुपयोग गरे| हुन त कति संचारमाध्यममा आचार संहिता उल्लङ्घन गरेर आफ्नो अधिकारको दुरुपयोग गरेको भनेर आरोप पनि लगाईयो| यध्यपी best नदिएपनि धेरैले आफ्नो जिम्मेवारी राम्रैसंग निभाउने कोशिश गरेको पाइयो|

-अलिक धेरै हिंशात्मक समाचारहरु प्रकाशन-प्रशारण गरेको भएर जनतामा धेरै त्राश देखियो|

-संचारमाध्यम पिच्छे विशेषगरि स्थानीय संचारमाध्यमहरुले समाचार अलिक पक्ष्यपाती भएर प्रकाशन-प्रशारण गरिएको पाइयो|

-संचार माध्यमै पिच्छे फरक समाचार पाएर जनताहरुमा विश्वास अलिक घट्यो|

-मौन अवस्थामा पनि कति संचारमाध्यमहरुले विशेषगरि स्थानीय संचारमाध्यमले प्रचार-प्रशार गरिरहेकै पाइयो|

-सामाजिक संजालहरुमा त पटक्कै मौन अवस्थाको आचारसंहिता लागु भएन|

-विभिन्न स्थानमा पत्रकार महासंघका अध्यक्ष्यमाथि सांघातिक हमला भएको पाइयो|(रोल्पा र पर्सा)

-संबिधानसभाको समाचार संकलनको लागि दिईने संचार प्रतिनिधि अनुमतिपत्र निर्वाचन अधिकृतको कर्यलायाबाट अनियमित रुपमा वितरण भएको पाइयो|(पर्सा)

५. निर्वाचालाई प्रभाव पर्ने गतिविधिहरु:

निर्वाचन प्रचार प्रसारको दौरान आचार संहिता उल्लङ्घनका कुराहरु यो पाली पनि धेरै पाइयो| निर्वाचनलाई प्रभाव पार्ने गतिविधिहरु जस्तै मतदाताहरुलाई पैसा बाड्ने, भोज भतेर खुवाउने, र्यालीहरुमा बालबालिकाको प्रयोग गरिएको, आचारसंहिता बिपरितको पोष्टरहरु प्रयोग गरिएको, स्कुलहरुमा पार्टीको कार्यक्रमहरु गर्ने आदि पाइयो|

-डमी उम्मेदवारको प्रयोग गरि सवारी साधनको संख्या बढाएको पाइयो|

-विभिन्न स्थानमा एउटा दलले अर्को दललाई मत किनेको आरोप लगाएको पाइयो|

-बहिष्कारवादीले मतदाताहरुलाई धेरै स्थानमा मत नहाल्न आग्रह गरेको र भोट हाल्नेलाई पैसा तिराउने भनेको पाइयो|

-दलहरुले र्यालीको लागि आफ्ना कार्यकर्ताहरुलाई पेट्रोल भरपुर रुपमा बाँडेको पाइयो|

-विभिन्न स्थानमा र्यालीमा बालबालिकाको प्रयोग गरेको, पोष्टर टाँस्न बालबालिकाको प्रयोग गरेको र स्कुल-अफिसहरुको पर्खालमा पोष्टर टाँसेको, स्कुलहरुमा पार्टीको कार्यक्रम गरेको पाइयो|

-दलित वस्तीहरुमा पैसा बाँडेको, तेल बाँडेको मदिरा बाँडेको धारा वितरण गरेको, भोज भतेर खुवाएको आदि धेरै ठाउँमा पाइयो|

-निश्चित जात-जति र समुदायलाई जनाउने खालका नाराहरु प्रयोग गरेको पाइयो|

६.मौन अवस्था:

निर्वाचन आयोगले तोकेको मंगसिर २ देखि मंगसिर ५ सम्मको मौन अवधिमा पनि उम्मेदवार र दलहरुले आचार संहिता उल्लङ्घन गर्न छाडेन|

-रकम वितरण गरेर मतदाता खरिद गरेको पाइयो|

-मौन अवधिदेखि परिणाम घोषणा नभएसम्म मदिरा विक्री वितरण र सेवनमा रोक लगाएता पनि कति दलहरुले नै रक्सि खुवाएर भोटको अपिल गरेको पाइयो|

-धेरै स्थानहरुमा आचासंहिताको व्यापक उल्लङ्घन भएको पाइयो|

-उम्मेदवार र दलहरुले मौन अवस्थामा पनि प्रचार प्रसार कायमै राखेको पाइयो|

-अधिकांस मतदान केन्द्रहरुको पोष्टर नहटाइएको पाइयो|

-निर्वाचनको अघिल्लो रातसम्म पनि घरदैलो दलहरुले कार्यक्रम गरिराखेको पाइयो|

-मौन अवधिमा फोन र एसएमएसबाट भोट माग्ने प्रचलन धेरै पाइयो र साथै symbolic रुपमै पनि भोट मागेको पाइयो|

-कतै कतै एउटा दलका कार्यकर्ताले बुथ नै कब्जा गरि प्रतिनिधि बस्ने व्यक्तिलाई धाकधम्कि दिएको र अन्य दलका कार्यकर्तालाई प्रवेश गर्न नदिएको र अस्थाई शिविरहरु पनि स्थापना गरेको पाइयो|

-मौन अवधिमा प्रचार प्रसार गरेको भन्दै दलहरुले एक अर्कालाई उजुरी दिने काम पनि भयो|

-स्वतन्त्र उम्मेदवारहरु माथि उजुरी परेको र कोहि उम्मेदवारले आफुलाई थाहै नदिई  समानुपातिक उम्मेदवारमा उठाएकोमा आपत्ति जनाएको पनि पाइयो|

-दलको औपचारिक कार्यक्रम बन्द भए पनि गोप्य चहलपहल भएको पाइयो|

-दलहरुले मतदाताहरुलाई गाडी रिजर्भ गरेर आफ्नो आफ्नो जिल्ला लागेको पाइयो|

-सार्वजनिक गाडी नचलेर सर्वसाधारणलाई असुविधा भएको पाइयो|

७.निर्वाचनको दिन:

मंगसिर ४ निर्वाचनको दिन बुथ वरिपरिको स्थिति र मतदाताहरुको सहभागिता साथै निर्वाचनको दिनका अन्य गतिविधिहरुको बारेमा पाइएका कुराहरु| यध्यपी निर्वाचनको दिन कतै कतै केहि घटनाहरु भएपनि त्यो दिन शान्तिपूर्ण नै रह्यो|

-अधिकांस स्थानमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भयो|(केहि मतदान केन्द्र बाहेक)

-सबै क्षेत्रबाट निर्वाचनको सकारात्मक प्रतिक्रिया|

-कुनै कुनै मतदान केन्द्रमा समयमै मतदान सुरु भएपनि अधिकांश ठाउँमा मतदान ढिला सुरु भएको थियो|कतै प्रतिनिधिहरुकै विवादले गरेर पनि मतदान ढिला सुरु भयो|

-मतदाता आफूतिर तान्नबिहानैदेखि दलहरुले विभिन्न मतदान केन्द्रमा आफ्ना कार्यकर्ताहरुलाई लाइनमा राखेका थिए|

-विभिन्न स्थानमा दलहरुले बुथ कब्जा गर्ने प्रयास गरे र मतदान केन्द्रमा दलका कार्यकर्ताहरुबीच झडप कायमै| पर्बतको मतदान केन्द्रमा गोलि पनि चलेको र ३ जना घाइते भएको थियो|त्यसैगरि दोलखामा पनि खुकुरी प्रहर भएर ४ जना घाइते भएका थिए|दलका कार्यकर्ताबीच भएको झडपहरुले गर्दा मतदान प्रक्रियामा समेत धेरै ठाउंहरुमा केहीबेर अवरोध परेको थियो|

-मतदान केन्द्र वरिपरी बम भेटिने, बम पडकाउने, सडकहरुमा संकास्पद वस्तुहरु भेटिने कार्य रोकिएन|

-बहिष्कारवादीहरुले अवरोध पुर्याएपछि कतै केहीबेर पछि मतदान सुरु गरिएको थियो भने जुम्ला र अन्य केहि स्थानमा मतदान स्थगित गरिएको थियो|

-निर्वाचनकै दिन पनि दलहरुले प्रचार प्रसार गर्न छाडेनन्| मतदान केन्द्र अगाडी कसैले पर्चाहरु बाँडेको भेटियो भने कतै symbolic रुपले त कतै मतदाताहरुलाई खाजा खुवाएर दलहरुले आफूतिर तान्ने अन्तिम घडीसम्म पनि प्रयेतना गरिरहे|

-निर्वाचनको दिन अनुमतिपत्र बिना पनि सवारीसाधन गुडेको पाइयो कतै कतै चाहिं प्रहरीले नियन्त्रण पनि गरेको थियो|(बिरगंज) भने कतै उम्मेदवारद्वारा एम्बुलांसको प्रयोगपनि गरेको पाइयो|

-मतदान केन्द्र वरिपरिको पर्चा पम्प्लेटहरु अधिकांस ठाउंहरुमा यथावत नै रहेको थियो|

-मतदाता शिक्षाको कमिले छाप दुई ठाउँमा लागिएको पत्युदा बिग्रेकोले धेरै ठाउँमा मत बदर हुने सम्भावना पनि देखिएको थियो|

-विभिन्न संचार माध्यमहरु विशेषगरि स्थानीय संचार माध्यमहरुले आफ्नो जिल्लाको निरन्तर प्रतक्ष्य प्रसारण गरेर जनताहरुमा त्यहाँको स्थितिको बारेमा जानकारी दिईरहेका थिए|

-रोल्पाको थवांग मतदाता केन्द्रमा मत नै खसेन र सुर्खेतमा ७५% मतदान अहिलेसम्मकै बढी मतदान भएको पाइयो|

-हस्ताक्षर गर्न बिर्सेर मतदान अधिकृतको लापर्वाहिले सयभन्दा बढी मत बदर हुने सम्भावना देखिएको थियो|(पर्सा)

८.पर्यवेक्षक:

निर्वाचन आयोग, विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले मतदान केन्द्रहरुमा आफ्ना पर्यवेक्षकहरु खटाएका थिए| त्यो दिन पर्यवेक्षकहरुको भूमिका कस्तो थियो र मतदाताले के महसुश गरे|

-सबैभन्दा अचम्मको कुरा चाहिं पर्यवेक्षकले पनि आफ्नै मतदान केन्द्रमा पर्यवेक्षण गरेको|

-ग्रामिण इलाकामा अन्तरास्ट्रिय पर्यवेक्षक कम|

-धेरैजसो मतदान केन्द्रमा १ जना मात्रै पर्यवेक्षक भेटियो|अझ कुनै कुनै जिल्लामा त ३ वटै छेत्रको पर्यवेक्षण १ जना पर्यवेक्षक गरेको पाइयो| कुनै कुनै मतदान केन्द्रमा चाहिं २-३ जना पर्यवेक्षक पाइयो|

-राष्ट्रिय नियोगको पर्यवेक्षक बाहेक इन्सेक तथा राष्ट्रिय-अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको पर्यवेक्षकपनि कतै कतै पाइयो|

-द कार्टर सेन्टरका र अन्य मुलुक जस्तै भारत, अमेरिकाआदिबाट आएका विदेशी पर्यवेक्षकहरुको पनि विभिन्न मतदान केन्द्रहरुमा चहलपहल देखियो|कतै कतै स्वयंसेवकहरुको व्यवहार चित्त नबुझेको जन गुनासो पनि पाइयो भने कतै कतै पर्यवेक्षकहरु मतदान सकिनु अघिनै गएको पनि गुनासो भेटियो|

-कतै कतै एउटा पर्यवेक्षकले ३-३ ठाउँमा मतदान केन्द्रमा पर्यवेक्षण गरेको पाइयो भने कतै कतै त पर्यवेक्षणनै नगरी टेलीफोनको भरमा रिपोर्ट गरेको पाइयो|

-धेरै ठाउँमा मतदान अवधिसम्म राम्रो सहभागिता पाइयो भने मतदान अवधिबाहेक अन्य समयमा सहभागितामा कमि देखियो|

-प्राय पर्यवेक्षकहरु बिहान ७ बजे देखि सांझ ५ बजे सम्म बसेको पाइयो|

-कुनै कुनै मतदान केन्द्रमा त पर्यवेक्षकले पनि भोट मागेकोमा कार्वाहीमा परेको पनि पाइयो|

९.शान्ति-सुरक्षा :

दोश्रो संबिधानसभा निर्वाचनको लागि शान्ति-सुरक्षा एउटा चुनौतिको विषय थियो| एक दलले चुनाव वहिष्कार गरेको बेलामा सरकारले जतिसुकै मुलुकको सुरक्षा स्थिति कडाई गरिएको छ भनेपनि चुनावको अन्तिम घडीमा अझ मौन अवस्था लागु भएदेखि त जनतालाई त्राश र भयको वातावरणबाट मुक्त गराउन सरकारलाई निकै हम्मे-हम्मे भएको थियो| मौन अवधि सुरुभए देखि निर्वाचनको दिनसम्म हामीले देखेका र सुनेका केहि शान्ति-सुरक्षासंग सम्बन्धित घटनाहरु:

क्र.सं. घटनाको प्रकृति विफल पारेको विफल नपारेको घाइते
१. बम छैन
२. २-पाइप बम छैन
३. २-बिष्फोटक वस्तु छैन
४. पाइप बम छैन
५. सकेट बम छैन
६. १-पेट्रोल बम छैन
७. ३-सुतली बम छैन
८. ढुंगामुढा छैन
९. बम छैन
१०. पेट्रोल बम
११. बम छैन
१२. २-बम छैन
१३. सुतली बम छैन
१४. २-बम छैन
१५. ४-बम छैन
१६. पेट्रोल बम छैन
१७. बम छैन
१८. बम छैन
१९. बम
२०. पेट्रोल बम
२१. २ बम छैन
२२. पेट्रोल बम छैन
२३. पेट्रोल बम १६
२४. बम छैन
२५. बम छैन

१०.निर्वाचनपछिको वातावरण:

चुनाव कस्तो हुने हो भनेर धेरै भविष्यवानी गरिएतापनि आखिरमा निर्वाचन शान्तिपूर्णरुपमानै सम्पन्न भयो| निर्वाचन शान्तिपूर्ण सम्पन्न भएपनि निर्वाचनपछिको वातावरण अलिक सोंचेभन्दा विपरित भएको थियो| निर्वाचनपछि हामीले देखेका वातावरणलाई हामीले आफ्नै ढंगले अवलोकन गरेका छौँ|

-जनताहरुमा चुनावी मतपरिणामको तिब्र उत्सुकता देखिएको थियो भने दलहरुमा चाहिं आरोप प्रत्यारोप सुरु भइ मतगणना अन्योलमा परेको थियो|

-कतै कतै मतपेटिका ल्याउन ढिलाई भएको थियो|

-कार्यकर्ताहरु मत परिणामको प्रतिक्ष्यामा रातदिन मतगणना स्थलमा बसेका थिए भने निर्वाचन आयोग परिणाम सार्वजनिक गर्न आतुर थियो र मतदाताहरुको ध्यान संचार माध्यममा थियो|

-चुनाव बहिष्कार गरेका दलको पनि मतगणना स्थलमा प्रतिनिधित्व देखिएको थियो|

-यस्तै केहि उम्मेदवारहरुको जमानत जफत पनि गरियो भने कतै चुनाव प्रचार प्रसार को बेलामा खर्च गरिएको पैसाको हिसाबकिताब भैरहेको थियो|

-हार निश्चित भएपछि कति दल र उम्मेदवारहरुले मतगणना बहिष्कार गरेपछि निराशा सुरु भएको थियो|

-चुनावको बेला भएका हिंशात्मक घटना पछि सार्वजनिक गरिएको थियो|

-स्थानीय स्तरदेखि राष्ट्रियरूपमा चुनावी परिणामको विस्लेषण भएको पाइयो|

-जित्नेहरुको रवाफ देखियो भने मतदाताहरुमा कतै नैराश्यता त कतै उत्साह पाइयो|

-यसैगरि सरकार र संविधानमा अन्योलता देखिएको पनि पाइयो|

विभिन्न ठाउँमा उम्मेदवारहरुले मत माग्ने क्रममा मतदाताले के प्रश्न गरे र उम्मेदवारले के जवाफ दिए त:

जनताले उम्मेदवार र दलहरुसंग गरेका प्रश्न:

-अधिकांस मतदाताले त प्रश्न नै गरेनन् | गर्नेले पनि संविधानको कुरा भन्दा विकासको कुरा बढी सोधे|

-अधिकांस जनताले नयाँ संविधान निर्माण र स्थायी शान्तिको आकांक्षा राखेको पाइयो|

-धेरै ठाउँमा स्थानीय स्तरको समस्या समाधानको माग गरेको पाइयो|

-पहिलाको जस्तै अब यो चुनाव पछि पनि गाउँ फर्किने कि नफर्कने भनेर पनि मतदाताले आफ्ना उम्मेदवारलाई प्रश्न गर्न भुलेनन्|
-यसैगरि कतिपय ठाउँमा मतदाताहरुले आफ्नो मतको guarantee गर्न पनि अनुरोध गरेको पाइयो|

उम्मेदवार र दलहरुको जनतालाई जवाफ:

-जनता समू पार्टीका एजेन्डा राख्दै उनीहरुको गुनाशो र समस्या समेट्ने प्रयास गर्ने प्रतिबद्दता गरेको पाइयो|

-धेरै ठाउँमा उम्मेदवारहरुले उनीहरुलाई जिताएमा जनताले रोजगारी पाउने उनीहरुको ठाउँको विकास हुने र सबै भन्दा महत्तोपुर्ण कुरा जसरि पनि संविधान बनाउने वाचा गरेको भेटियो|

-पहिलाको चुनावपछि कता हराउनुभएको त भन्ने प्रश्नमा धेरै उम्मेदवारहरुले राजनीतिक संघर्षमा व्यस्त भएको रमाइलो जवाफ पाएको कुरा पनि भेटियो|

उम्मेदवार छनौट प्रक्रियामा हामीले देखेका कुरा:

-आर्थिक पहुँचका आधारमा टिकट दिनु|

-नयाँ पुस्तालाई अवसर नदिनु|

-नातावादी तरिकाले टिकट दिने एवं पर्यटकीय उम्मेदवार बनाउने|

-पैसावालाको पहुँच बेसी हुनु|

-आवश्यकताभन्दा बढीको नाम सिफारिस गरिनु|

पुरानो उम्मेदवारको प्रभाव तथा उम्मेदवारीका लागि पार्टी परिवर्तन गरिनु|

-केहि ठाउँमा सर्वसम्मत उम्मेदवार छनौट भएको तर अधिकांश दलमा उम्मेदवारीको विवाद पाइयो|

-टिकट नपाउदा दल छाड्ने वागी उम्मेदवारी दिने र पार्टीलाई असहयोग गरेको पाइयो|

-आदिवासी, जनजाती, महिला, दलित, सिमान्तहरु समुदायको उम्मेदवारलाई प्राथमिकतामा राखिएको पाइएन|

चुनाव शान्तिपूर्णरुपमा सम्पन्न भएपनि हामीले अवलोकनको क्रममा अनुभव गरेका चुनावका केहि राम्रा र नराम्रा पक्षहरु:

सकारात्मक पक्ष:

-केहि समय निर्वाचन हुने नहुनेमा आशंका भएपनि उम्मेदवारी दर्तापछि चुनावी माहोल बढेको र निर्वाचन नाजिंकिदै जाँदा मत कसलाई र किन दिने बारेमा मतदाताहरुमा बहस सुरु भएको|

-फोटोसहितको मतदाता परिचयपत्रको व्यवस्था|

-उम्मेदवार बन्नका लागि तछाडमछाड|

-स्थानीय सैलिमा चुनाव प्रचारप्रसार|

-नेता र जनताको सम्बन्ध सुमधुर|

-स्वच्छ प्रतिस्पर्धा|

-नेता उत्तरदायी बनाउने प्रचार|

-सुरक्ष्य व्यवस्था राम्रो|

-उम्मेदवारको घरदैलो कार्यक्रम|

-मेलापात,चियाबगानमा राजनैतिक कुराकानी|

-राजनैतिकभन्दा स्थानीय समस्यामा केन्द्रित दलका एजेण्डा|

-इतिहासमा सबैभन्दा बढी मतदान भएको|

-हार्न थालेपछि पत्रकार सम्मेलन गर्दै धाँधली भएको आरोप लगाउनुको साथै पहिला बाँडेको पैसा फिर्ता माग्ने कम सुरु भएको|

-विजय जुलुस निकालेर मतदाताहरुलाई उम्मेदवारहरुले भेट्न गएको साथै हर्ने हरुले पनि चुनावपछि घरदैलो कार्यक्रम गरेको|

-प्रचारप्रसारको लागि टाँसेको पोष्टर पम्प्लेट केहि उम्मेदवारहरुले मतगणनापछि आफैले निकालेको|

-पहिले जितेको पार्टीको अहिले हार साथै चर्चित नेताहरुको हार|

नकारात्मक पक्ष:

-उम्मेदवारको छनौट प्रक्रियामा एकभन्दा धेरै व्यकतिको नं सिफारिस गरिनु, स्थानीय कार्यकर्ताभन्दा पार्टी केन्द्र रिझाएर टिकट लिने प्रवृति र जिल्ला स्तरबाटनै सिफारिस नगरिएका व्यकति उम्मेदवार हुनु|

-बहिष्कारवादीको आन्दोलन|

-मतदाता शिक्षाको कमि|

-परिचयपत्र ढिलोवितरण हुनु|

-निर्वाचन आचारसंहिता कडाईक साथ कार्यन्वयन नहुनु|

-तडकभडकका साथ प्रचारप्रसार|

-नेताले बाँडेको झुटो आश्वासन|

-विध्यालयमा मतदान केन्द्र राखिनु|

-मतदान प्रक्रियामा सबै मानिस सहभागी हुन नपाउनु|

-चुनावी हिंसालाई अनावश्यक राजनीतिकरण गर्नु|

-अपारदर्शी आर्थिक चलखेल|

-मिडियाको दुरुपयोग|

Methodology used:

-प्रत्यक्ष अवलोकन र अनुगमन|

-फोटो खिचेर|

-मतदाता र उम्मेदवारहरुको आवाज रेकर्ड गराएर|

-sms र email बाट|

-विभिन्न राष्ट्रिय र स्थानीय संचार माध्यमहरुलाई follow गरेर|

-छलफल गरेर|

हामीले देखेको निर्वाचन:

समग्रमा हामीले देखेको यसपालीको निर्वाचन यस्तो थियो:

-पार्टीगत आस्थाका कारण सामाजिक सदभाव विगार्न समाजमा वौदिक भनिने वर्गबाट आफ्नो विवेक बन्दक राखी अनैतिक कम गरेको पाइयो|

-संविधानको कुराभन्दा विकासका कुरालाई प्राथमिकतामा राखिएको पाइयो|

-निर्वाचनमा आचारसंहिता घोर उल्लङ्घन गरेको पाइयो|

-चुनावी प्रचारप्रसार सार्है खर्चिलो पाइयो|

-यस्ता क्रियाकलापले भावी दिनमा हुने स्थानीय निकायको निर्वाचन हिंशात्मक र भड्किलो हुनेमा जनतामा चिन्ता पाइयो|

digital

Conclusion:

आखिरमा जे जस्तो भएपनि जनतामा दोश्रो संविधानसभाको निर्वाचनलाई लिएर उत्साह र उमंग छ | बन्द र डर-त्रासको पर्वा नगरेर पनि आफ्नो प्रतिनिधिलाई मत दिन आफ्नो निर्वाचन छेत्रमा जान नागरिकहरु उत्साहित छन् | नयाँ संविधान सहितको नयाँ नेपाल र स्थिर नेपालको चाहना सबैको बुझियो |

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s