पहिचानको खोजीमा टुल्के

टलकजंग vs टुल्के सुरुमा नाम सुन्दा कस्तो खालको कथा बोकेको चलचित्र होला, को होला यो टलकजंग अनि को होला यो टुल्के, यिनीहरुको बिचमा के त्यस्तो द्वन्द होला जस्ता धेरै अनुत्तरित प्रश्नहरु थिए मनमा | तर अन्ततः जब चलचित्र हेरियो यी सबै प्रश्नहरुको जवाफ सोंचेभन्द पृथक पाएँ अचम्म पनि लाग्यो र नेपालमा यस्तो खालको फिल्म बन्न थालेकोमा एकदम खुशी पनि लाग्यो | पछिल्लो समय अलिक फरक धारको फिल्महरुको आगमन नेपाली चलचित्र छेत्रमा बढिरहेको समयमा टुल्केले अर्को एउटा नयाँ आयाम थपिदिएको छ |

देशमा पहिचानको विषयले व्यापक चर्चा पाईरहेको समयमा यो चलचित्रले टलकजंग अर्थात् टुल्केको पात्रद्वारा यो विषयलाई प्राथमिकता दिनु यसको राम्रो पक्ष हो | कसरी आफ्नो नाम र पहिचानको खोजीले मानिसलाई नचाहद नचाहदै विद्रोह गर्न बाध्य तुल्याएर द्वन्दको समेत सिर्जना गर्नसक्छ भन्ने कुरालाई रमाईलो ढंगले लेखक तथा नायक खगेन्द्र लामिछानेले राम्ररी प्रस्तुत गरेका छन् र निर्देशक निश्चल बस्नेतले भने मज्जाले कलात्मक रुपले यो कथालाई पस्केका छन् | समग्रमा सबै टिमप्रति नै आभार यस्तो फिल्म हामी सामु ल्याएकोमा |

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s