हामी महान् नेपाली !

साँचीनै हामी नेपाली निकै महान् छौँ जसलाई सितिमिति कुनै कुराले असर पार्न सक्दैन । अझ भन्नुपर्दा जो बर्डफ्लुलाई त एक हप्तामै पचाउन सक्छ उसलाई अरु कुराले खासै असर पार्न सक्दैन। पहिला काठमाडौँको त्यत्रो दिन फोहोर नउठ्दा त बरु नाक थुनेरै भएपनि सहने, जहिले वर्षामा बाटो भत्काएर आवतजावत गर्न त्यत्रो गार्हो हुदाँ पनि गार्हो भयो भन्न नसक्ने, दैनिक घन्टौंसम्म अधयाँरोमा बस्नुपर्दा पनि बरु लोडशेडीङ्को रुटिन टिप्न अघि सर्ने तर अवाज उठाउन नसक्ने हामी नेपाली अहिले महंगीले आकाशिएको अवस्थामा पनि सायद यो चुनौतीलाई सहजै स्वीकार्न तयार नै छौँ होला नि ?

होइन २०६२/२०६३मा autocratic राजसंस्था भएन भनेर त्यत्रो सडकमा उत्रेर आन्दोलन गरेर ल्याएको लोकतन्त्र या भनौं गणतन्त्र जसले गर्दा अब बन्ने नयां नेपाल हामी जनताको पक्षमा होस् भनेर तर खैं त झन् अहिले त यसले झन् हजमोलाको पो काम गरेजस्तो लाग्दै छ हो! हामी नेपालीमाझ जसले जे आउँछ मजाले पचाउछ भनेझैं । हाम्रो सहने शक्ति त साँची नै तारिफयोग्य छ । सायद बुद्ध जन्मेको देश भएर नि होला, एउटा गालामा कसैले हान्यो भने अर्को गाला थाप्ने जस्तो भनेको प्रतिकार नगर्ने । ठिकै हो तर चित्त नबुझेको कुरा चाहिं हामी आफैले चुनेर हाम्रै लागि काम गर्छ भनेर पठाएका त हुन् नि यी ठुला ठाउंमा भएकाहरु । यदी यिनीहरुले हाम्रोलागी काम गर्दैन,हामीलाई मारमा मात्र पार्छ भने हामी किन मौन ? हाम्रो मौनताले यिनीहरुको मनोबल मात्र बढिरहेको छ।

अचम्म लाग्छ, हामी जब हाम्रो नराम्रो कुराको चर्चा गरिरहेका हुन्छौं । त्यतिबेला देख्दै नदेखेको विदेशको कुरा ल्याएर फलानोमा त यस्तो system छ नि ढिस्कानोमा त यस्तो भन्दै “This is Nepal” अन्तिममा आफैंलाई बिल्ला गर्छौं।कस्तो दुर्भाग्य!हामी किन यो भन्ने आँट गर्दैनौं कि “This shouldn’t be in New Nepal” भनेर । कति सजिलै “This is Nepal” भनेर कुराहरुलाई सजिलै पचाउछौँ हैं ।
तर यो trend यसरी नै बस्दै गयो भने नेपाल र नेपालीको अस्थित्व के होला आउँदो दिनमा भनेर हामीले कहिले सोंचेका छौँ ? साँचीनै सलाम गर्नै पर्छ हामी नेपाली र हाम्रो पाचन शक्तिलाई !

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s