फुटबलले लहराएको एकता

आज आठौँ साफको फाईनल दिन । सायद नेपाल फाइनलमा पुगेको भए हाम्रो आज शाननै अर्कै हुन्थ्यो । मेडियाको हट न्युज यहीं नै हुन्थ्यो होला अलिक दिनसम्मलाई, एन्फालाई नि धेरै फाइदा हुन्थ्यो होला, टिकेट ब्लयाकमा बेच्नेलाई नि फाईदै हुन्थ्यो होला । खेलाडीहरुले नि राष्ट्रिय सम्मान पाउथ्यो होला अनि हामी दर्शक पनि कसरी खेलाडीको मनोबल बढाउने भनेर रंगशालामा झन्डा फर्फराईरा हुन्थ्यौं होला । तर अफसोच ! यो सब यसपालिको साफमा हामीलाई नसिव भएन । ठिकै छ ! केहि छैन यो साफमा नपाएनी अर्को साफमा घरमै टि.भी.मै भएपनि नेपालको लागि cheer गरौंला र आखिर जहाँ आयोजना भएनी team हाम्रै हो र खेलाडी हाम्रै त हो । ठिकै छ, खेल हो हार जीत त भैहाल्छ नि जीतमा रमाएर जिताउने खेलाडीलाई उक्साउने हामी दर्शकले गल्ति गर्ने खेलाडीलाई माफि दिन पनि सक्नुपर्छ । गल्ति कोबाट हुँदैन र ? बरु अहिलेदेखि नै यो पटकको गल्ति सुधार्नतिर लागेर अर्को पटकको जीत हाम्रै हो भन्ने तिर खेलाडीहरु लागिपरे हुन्छ ।

सन्दर्भ साफको उठाउन खोजेपनि कुरा जोड्न खोजेको चाहिं राष्ट्रिय एकता, स्वाभिमान र राष्ट्रिय भावनाको हो जुन यो पालिको साफले यथार्थामा हामी नेवार, गुरुङ, तामांङ्, राई, लिम्बू, बाहुन, छेत्री, पहाडी, मधेसी, हिमाली जे भएनी हामी पहिला “नेपाली” हौँ, हाम्रो एकल परिचय “नेपाली” हो र हामी “राष्ट्रको स्वाभिमान” बचावको लागि हरदम तयार छौँ भनेर फूटबल एउटा राम्रो माध्यम बन्यो । अझ त्यस्तो बेलामा जति बेला हाम्रा केहि राजनीतिक दलले संघियताको नाममा हामीलाई फुटाउन खोजिरहेका छन्यो। फूटबल मात्र एउटा मनोरंजन नभएर यस्ता दलहरुप्रति कडा जवाफ पनि बन्यो । यती मात्र नभई देशको प्रतिष्ठामा समेत अरुले आँच आउने गरि जे पायो त्यही भन्दा पनि केहि बोल्न नसक्ने हाम्रो मौन सरकार प्रति जनता आफैले नै गरेको कडा प्रहार पनि हो यो।

“अनिल गुरुङले गोल गर्दा पूर्वका नेपाली पनि खुसीले बुरुक बुरुक भएका थिए, भरत खवासले गोल गर्दा हिमाल र पहाडका नेपालीले पनि गडगडाहट ताली पिटेका थिए, अनि बिमल घर्ति मगरले गोल गर्दा बाहुन, क्षेत्रीले पनि हर्षको आशु झारेका थिए l त्यसैले हामी सबै एकतामा बाँधिएका नेपाली हौ, बिभिन्न नाममा फुटाउने कोसिस नगर्नु !!” भन्ने जस्ता आवाजले त झन् सरकारलाई ठुलो चुनौती दिएको छ।
फूटबलको मध्यमबाट देखिएको हामी नेपालीबीचको यो एकताको लहर साफमा मात्र सिमित नभएर चन्द्र र सुर्य यो ब्रह्माण्डमा रहुन्जेल रहिरहोस् ।जय नेपाल !

Leave a comment