सार्वजनिक सेवाको पहुँचमा किन यस्तो सास्ती ?

सरकारले नीतिगत रुपमा जेष्ठ नागरिकलाई वृद्दभत्ता दिएर सम्मान त गर्यो तर यो सेवा सुविधालाई प्राप्त गर्नको लागि भने किन यति धेरै कठिन भईरहेको छ ? नीतिगत रुपमा व्यवस्था गरिएको राज्यको सम्मानमा पाएको सेवा-सुविधा लिन पनि यति धेरै झन्झट बेहोर्नुपरेको कुरा सरकारलाई अवगत छ कि छैन थाहा भएन तर कपिलवस्तुका जेष्ठ नागरिकलेझैँ देशका अन्य जिल्लामा रहेका वृद्दवृद्दले आफ्नो सेवा लिन भएको यो सकस देख्दा सरकारको आँखा किन रसाउदैन ? नीति बनाउनु ठूलो कुरा होइन त्यसको व्यवहारमा कति लागु भईरहेको छ, लक्षित समुदायले सेवा सुविधा पाईरहेको छ कि छैन त्यो हेर्ने काम पनि नीतिनिर्माताहरुको हो ।नीति लागु त भयो तर त्यसलाई प्राप्त गर्न किन यति धेरै गार्हो ?

सरकारी कार्यक्रमबाट कुनै लक्षित समुदायको लागि छुट्याएको सेवा सुविधा कुनै दया होइन जसलाई प्राप्त गर्न नागरिकले धेरैभन्दा धेरै सास्ती भोग्नुपरोस् । यो त नागरिकले आफ्नो सुविधा सुनिश्चित गर्नको लागि राज्यलाई दिएको कर हो । सरकारको कार्यक्रम दिने र लिनेको रुपमा विभेद गर्नुभन्दा पनि सार्वजनिक सेवालाई सहज बनाउनुपर्छ. त्यसो भएमा यो अझै अर्थपूर्ण र लाभदयाक हुन्थ्यो कि ? सरकार के को नाउँमा सेवासुविधा दिएको हो त्यसलाई मध्यनजर गरेर त्यो नीतिलाई लागु गरियोस् !

वृद्द भत्ता

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s