ड्रोनसँगको मेरो साक्षात्कार

जहिले फलानो देशले फलानो देशमा ड्रोन आक्रमण गर्यो रे भनेको सुन्दा के होला यो ड्रोन भनेको भन्ने लाग्थ्यो | प्रविधिमा त्यति धेरै दखल नराख्ने भएर सुरुमा खासै चासो लिईएन तर जब अन्तराष्ट्रिय स्तरमानै पत्रकारिता छेत्रमा यसको व्यापक प्रयोग हुँदै गयो | यो झन् चर्चित हुँदै गयो र मलाई पनि यसमा अलिक अलिक रुची बढ्न थाल्यो |

अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएको यो यन्त्रको प्रयोग जब मैले नेपाली पत्रकारितामा बागमती सरसफाईको बेला मानव साङ्गलोको फोटोहरु हाम्रा संचार मध्यमहरुबाट थाहा पाएँ त्यसपछि मलाई यो कस्तो चिज होला भन्ने हेर्न र थाहा पाउन सार्है रहर थियो तर नेपाली पत्रकारितामा यसको निकै कम प्रयोग भएको भएर हो कि के हो त्यति धेरै यसको बारेमा बुझ्ने मौकै पाइएन तर गत वैशाख १२ को महाभूकम्प पछि भने एक्कासी हाम्रोतिर यसको नयाँ बहस सुरु हुन थाल्यो |

यसको वास्तविक प्रयोग यस्तो समयमा बढि हुने भएर होला सायद प्राय: सबै अन्तराष्ट्रिय संचार मध्यमहरुले नेपाल भूकम्पको कभरेज यही यन्त्रबाट गरेको थियो | यसले फरक कोणबाट खिचेका फोटो र भिडियोहरुद्वारा उनीहरुले भूकम्पको हाम्रो कथालाई अझ धेरै मार्मिक र पृथक ढंगले प्रस्तुत गरेकोमा म अचम्मित थिएँ | यसको ख्याती झन् बढ्यो भूकम्पको समयमा |

drone

मानव आँखाले देख्न नसकेको कुरा समेत यसले मजाले देख्न सक्ने अथवा यसको माध्यमबाट क्याप्चर गर्न सकिने भएकोले पनि यसको महत्व बढ्दो छ | विभिन्न एरिअल सट्सको लागि हेलिकप्टरभन्दा यो सस्तो हुने भएकोले पनि यसको प्रयोग झन् झन् व्यापक हुँदै छ आजको विज्ञान र प्रविधिको युगमा | झन् बजरंगी भाइजानमा प्रयोग भएको यसको फुटेज अथवा सट्स हेरेर त मलाई यसको प्रयोग बारे यथार्थमै बुझ्न मन लाग्यो तर सम्भव थियो थिएन थाहा थिएन |

तैपनि त्यो फिल्म हेरेको लगत्तै दुई हप्तापछि ऋषिकेश सरले एक्कासी हाम्रो लागि ड्रोनको बारेमा एउटा क्लास हुने ब भन्नुभएपछि म अझ बढि आशावादी र उत्साहित भएँ | अन्ततः आज त्यो आशा यथार्थमा बदलियो जब पहिलो पोष्टको उमेश श्रेष्ठ अर्थात् माई संसारको सालोक्यले नेपाली पत्रकारिताको पहिलो ड्रोनलाई हाम्रो कक्षामा प्रवेश गराए |

umesh

 

साँचीनै हेर्दा एउटा खेलौना जस्तो लाग्ने वस्तुले यस्तो चमत्कारिक काम गर्न सक्ला भनेर मैले त सोंचेको पनि थिईन | त्यस्तो सामान्य देखिने यन्त्रले पत्रकारिता जगतमा यत्रो हलचल मच्चाउला भनेर भन्न सार्है आश्चर्यजनक लाग्यो |

यसको उपयोगिता, प्रयोग र अन्य कुराहरुको बारेमा धेरै कुराहरु थाहा पाउने मेशो पनि मिल्यो र साथै यसलाई हामीले उडायौँ पनि रत्नराज्य क्याम्पस र ल क्याम्पसको खुला आकाशमा | झन् अचम्मको कुरा त अन्त्यमा यसले आफू उडेको ठाउँ कहिल्यै नभुल्ने रहेछ | जहाँसम्म पुगेपनि यसले आफ्नो ठाउँ भुल्दोरहेनछ | ड्रोनको यो अर्को रमाईलो पक्ष |

drone

आज अन्ततः यो यन्त्रसँग मेरो साक्षात्कार भेट भयो, रमाईलो लाग्यो जति हेर्नमा लागेथ्यो उडाउनमा झन् मज्जा लाग्यो अनि योबाट सेल्फि खिच्नमा पनि| हार्दिक कृतज्ञता ऋषिकेश दाहाल, श्रीराम पौडेल र अतिथि एवं ड्रोन मालिक उमेश श्रेष्ठलाई !

drone

मिति: २०७२/४/१८

Photo Credit:

Umesh Shrestha

Sarala Pradhan Kayastha

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s