मानव साङ्गलो बेथितिको विरोधमा बोल्ने एक माध्यम

फेसबुक चलाउदै थिएँ मेरा आँखा एक्कासी वीरगन्जमा बसेर पत्रकारीता गरिरहेका साथी सुरेश बिडारीले सेयर गर्नुभएको एउटा समाचारमा गएर टक्क अडियो | अरुलाई त्यो समाचारले कत्ति छोयो छोएन थाहा भएन तर मलाई मधेशको यो एउटा समाचार खोलेर पढ्न मनमा उत्सुकता बढ्यो | समाचार थियो ‘अस्पताल सुधारको माग गर्दै मानव साङ्ग्लो’, त्यो पनि उपछेत्रीय अस्पताल वीरगन्जमा | पोहोर साल पनि सायद यही मौसमतिर मधेशमा आन्दोलनको दौरान मानव साङ्गलो बनाईएको थियो |

सधैं सुनिन्छ मधेशको समाज पीडित छ – सामाजिक, आर्थिक, राजनीतिक सबै तवरले | सार्वजनिक सेवाहरुमा भ्रष्टाचार छ, आम नागरिकको पहुँच सजिलो छैन, राजनीतिक हालीमुहाली छ, आदिइत्यादी | तर मधेशमा सार्वजनिक सेवामा भएको बेथितीको बारेमा कोहि बोल्दैनन् , बोल्ने आँट गर्दैनन् कि जस्तो लाग्थ्यो मलाई | मौनताले गर्दा सर्वसाधारणको सेवाको लागि भनिने गरेको सार्वजनिक सेवा झन् भ्रष्ट भईरहेको छ, झन् जवाफदेहिता विहिन भईरहेको छ कि भन्ने भान हुन्थ्यो | मलाई लाग्थ्यो मधेशका अधिकांस नागरिकहरुमा शिक्षाको कमी छ, जनचेतनाको कमी छ | तर अहिले मधेशमा भएका दुवै मानव साङ्गलोलाई आधार मान्ने हो भने मानिसहरु बिस्तारै उठ्दैछन्, बोल्दै छन् आफ्नो हक अधिकारको लागि, आफ्नो सेवासुविधाको लागि |

birgunj-student-protest-18

himal

हुन त मधेश आन्दोलनमा देखिएको मानव साङ्गलोलाई विभिन्न तरिकाले अर्थ्याए, व्याख्या गरे तर म भने पहिला पनि यसको पक्षमा नै थिएँ र अहिले पनि छु | यसको कारण हजारौंको एकतामा बनेको त्यो मानव साङ्गलोमा एउटा उत्साह थियो र उमंग थियो आफ्नो थिचोमिचोको प्रतिकार गर्ने | अहिले पनि सार्वजनिक सेवासुविधामा भएको बेथितीको बारेमा दबाब दिनको लागि बनेको यो मानव सङ्गलोको बारेमा कुरा सुन्दा मनमा एक किसिमको रमाइलो लाग्यो |

मानव साङ्गलो भनेको सम्भवत: मानिसहरुबाट बनिएको साङ्गलो हो | यसको लागि धेरै मान्छेहरु चाहिन्छ अवश्यपनि र कसैको आफ्नो इच्छा बिना यतिकै उभिन आउदैनन् होला | इच्छा हुनु भनेको बेथिती विरुद्द बोल्ने आँट र हौसला बढ्नु हो | हो, एउटा दुईवटा यस्ता मानव साङ्गलोले सायद चुट्की बजाए जसरी परिवर्तन नल्याउला तर यो एउटा सांकेतिक माध्यम हो आफ्नो कुरा राख्ने |

हुनसक्छ मानव साङ्गलो एउटा प्रतिनिधी उदाहरण मात्र हो बेथितीको विरोधमा बोल्ने जुन मधेशका नागरिकहरुले सुरु गरे – पहिले आफ्नो हक अधिकारको लागि र पछि जिल्लाको स्वास्थ्य सेवामा सुधार, आर्थिक अनियमितता नियन्त्रणको लागि | यद्यपी यो सराहनीय छ | यसले आफ्नो मागहरु शान्तिपूर्ण तरीकाले राख्ने नयाँ माध्यम दिएको छ |

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s