लोकमानसिंह कार्की विरुद्द महाअभियोग तार्किक निष्कर्षमा पुर्याउन तन्नेरीहरुको अपिल !

अहिले व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्द दर्ता गरिएको महाअभियोग प्रस्तावलाई लिएर सांसद, राजनीतिक दल, मिडिया, नागरिक समाजमा ठूलो चर्चा छ । तन्नेरी चासोमा आवद्द हामी देशभरिका तन्नेरीहरूले पनि सांसदहरुको यो कदमलाई हार्दिक स्वागत गरेका छौँ । ‘तन्नेरी चासो’ युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मंच हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरुको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरुमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।

कार्कीमाथि किन महाअभियोग लगाउनुपर्ने अवस्था आयो भन्ने तथ्यहरु सार्वजनिक रुपमै उनका पछिल्ला क्रियाकलापहरुले पुष्टि गर्दै आएको छ । महाअभियोग प्रस्ताव सहि दिशामा चालिएको एउटा सकारात्मक कदम हो । तन्नेरी चासोमा आवद्द हामी तन्नेरीहरूले कार्की नियुक्तिको प्रकृयाको दौरानमानै उनी यस पदका लागि अनुपयुक्त तथा अयोग्य व्यक्ति हो एवं उनको सो पदमा गरिने नियुक्तिले जनआन्दोलनको मर्म एवं भावनामा गम्भिर आघात पुग्दछ भनेर व्यापक खबरदारी गरेका थियौं ।

dsc_0098

dsc_0136

उनलाई संवैधानिक आयोगको प्रमुखमा गरिएको नियुक्ति लोकतन्त्र एवं विधिको शासन विरुद्द गरिएको एक अक्षम्य अपराध थियो जुन कुराको पुष्टि उनका पछिल्ला क्रियाकलापहरुले पनि गर्दै आएका छन् । आयोगको प्रमुखमा नियुक्ति भएपछि उनले पद एवं अख्तियारीको व्यापक दुरुपयोग गर्दै कार्यपालिका एवं न्यायपालिका समेतको भूमिका निर्वाह गर्न थाले । वास्तवमा भन्ने हो भने उनले संवैधानिक सिमालाई अतिक्रमण गर्दै आफूलाई गैर संवैधानिक शक्ति केन्द्रको रुपमा स्थापित गर्ने कोशिस गरे । विधिको शासनलाई निस्तेज पार्दै भ्रष्ट एवं अपराधीलाई संरक्षण प्रदान गर्ने कार्य उनीबाट हुँदै आयो । न्यायालय, प्राज्ञिक संस्था एवं विश्वविद्यालय लगायत लोकतान्त्रिक संस्थाहरुको मान मर्दन गर्ने कार्य समेत उनीबाट हुँदै आयो । उनको नेतृत्वमा संविधानबाट गठित आयोग नै भ्रष्टाचार एवं अनियमितताको अखडा बन्न पुग्यो । यसबाट नागरिकको शुसासन तथा स्वच्छ सरकारको सपनामाथि गम्भिर तुसारापात भएको छ । रायमाझी आयोगले जनआन्दोलनको दोषी करार गरेको व्यक्तिलाई संवैधानिक आयोगको प्रमुखमा नियुक्ति गरेकोले नै आज यस्तो अवस्थाको सिर्जना भएको हो । उनीविरुद्द दर्ता भएको महाअभियोग प्रस्तावलाई अत्याधिक बहुमतले पारित गर्नु नै आजको राष्ट्रिय आवश्यकता हो र देशभरिका हामी तन्नेरीहरूको आव्हान पनि हो ।

lokatantra-jhirip

तसर्थ, विगत लामो समयदेखि नेपालको कानुनी शासन, लोकतन्त्र, जवाफदेहितालाई चुनौती दिंदै संवैधानिक निकायको प्रमुख भएर पनि नियम, कानुन, विधि र प्रक्रिया बिग्रिन गई व्यक्तिगत प्रतिसोधका आधारमा विभिन्न व्यक्तिहरु माथि झुठा आरोप लाउने, धम्क्याउने तथा बदला लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्द संसदमा पेश भएको महाअभियोग प्रस्ताव पास गराउन संसदका सम्पूर्ण सदस्य एवं राजनीतिक दलका नेताहरुलाई हामी देशभरिका तन्नेरीहरू अपिल गर्दछौं । साथै कानुनी शासनलाई चुनौती दिने जोकोही पनि सजायको भागीदार बन्नुपर्छ भन्ने संदेश सम्मानित संसदबाट दिइयोस् भन्ने हामी सबैको आग्रह छ ।

tanneri-press-release-4

राजनीतिक पद्वती र लोकतान्त्रिक प्रक्रिया बसाउन नसक्दा हाम्रोमा थुप्रै कुरा सीमा बाहिर गएको छ । त्यसैले, विशिष्ट सरकारी पदमा आसिन कुनै व्यक्तिले सिर्जना गरेको बेथितिलाई मुकदर्शक भएर हेरिरहने होइन, उनको जवाफदेहिताका लागि अहिले जसरी सबैतिरबाट प्रश्न उठिरहेको छ, त्यसैगरि सधैं उठ्नुपर्छ, सधैं आवाज निस्कनुपर्छ अनिमात्र लोकतान्त्रिक शासनले सहि अर्थमा मान्यता पाउथ्यो कि ?

 

 

 

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s