लोकमानसिंह कार्की विरुद्द महाअभियोग तार्किक निष्कर्षमा पुर्याउन तन्नेरीहरुको अपिल !

अहिले व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्द दर्ता गरिएको महाअभियोग प्रस्तावलाई लिएर सांसद, राजनीतिक दल, मिडिया, नागरिक समाजमा ठूलो चर्चा छ । तन्नेरी चासोमा आवद्द हामी देशभरिका तन्नेरीहरूले पनि सांसदहरुको यो कदमलाई हार्दिक स्वागत गरेका छौँ । ‘तन्नेरी चासो’ युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मंच हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरुको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरुमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।

कार्कीमाथि किन महाअभियोग लगाउनुपर्ने अवस्था आयो भन्ने तथ्यहरु सार्वजनिक रुपमै उनका पछिल्ला क्रियाकलापहरुले पुष्टि गर्दै आएको छ । महाअभियोग प्रस्ताव सहि दिशामा चालिएको एउटा सकारात्मक कदम हो । तन्नेरी चासोमा आवद्द हामी तन्नेरीहरूले कार्की नियुक्तिको प्रकृयाको दौरानमानै उनी यस पदका लागि अनुपयुक्त तथा अयोग्य व्यक्ति हो एवं उनको सो पदमा गरिने नियुक्तिले जनआन्दोलनको मर्म एवं भावनामा गम्भिर आघात पुग्दछ भनेर व्यापक खबरदारी गरेका थियौं । Continue reading

मानव साङ्गलो बेथितिको विरोधमा बोल्ने एक माध्यम

फेसबुक चलाउदै थिएँ मेरा आँखा एक्कासी वीरगन्जमा बसेर पत्रकारीता गरिरहेका साथी सुरेश बिडारीले सेयर गर्नुभएको एउटा समाचारमा गएर टक्क अडियो | अरुलाई त्यो समाचारले कत्ति छोयो छोएन थाहा भएन तर मलाई मधेशको यो एउटा समाचार खोलेर पढ्न मनमा उत्सुकता बढ्यो | समाचार थियो ‘अस्पताल सुधारको माग गर्दै मानव साङ्ग्लो’, त्यो पनि उपछेत्रीय अस्पताल वीरगन्जमा | पोहोर साल पनि सायद यही मौसमतिर मधेशमा आन्दोलनको दौरान मानव साङ्गलो बनाईएको थियो |
Continue reading

पत्रकारिता कि पर्चाकारिता ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग भनेको एउटा संवैधानिक अंग हो । संवैधानिक अंगको आफ्नै एउटा मर्यादा हुन्छ । जब कुनै पनि संवैधानिक अंगले आफ्नो मर्यादा नाघेर काम गर्दछ तब उसको गरिमामा ठेस पुग्न कुनै बेर लाग्दैन । संवैधानिक निकाय भएको नाताले अख्तियारले जारी गर्ने कुनै पनि डकुमेन्टहरुको महत्व निकै ठूलो हुन्छ र यसको एउटा गल्तीले पनि जनमानसमा नराम्रो संदेश जान सक्छ भन्नेमा यो सदैव सचेत रहनुपर्छ ।

सामान्यतया अनलाइनमा प्रेस विज्ञप्ति राख्नुको उद्देश्य धेरैभन्दा धेरै माझ सूचना प्रवाह गर्नु हो । तर यदि एकै विषयका त्यही सूचनालाई भिन्दा भिन्दै तरिकाले राखिन्छ भने त्यसको अर्थ के हुनसक्छ ? कुरा हो अख्तियार अनुसन्धान आयोगले सोसल साइन्स वहा:को ‘अनियमितताको नाममा’ आफ्नो वेबसाइट र फेसबुक पेजमा जारी गरेको प्रेस विज्ञप्तिको । Continue reading