पहिचानको खोजीमा टुल्के

टलकजंग vs टुल्के सुरुमा नाम सुन्दा कस्तो खालको कथा बोकेको चलचित्र होला, को होला यो टलकजंग अनि को होला यो टुल्के, यिनीहरुको बिचमा के त्यस्तो द्वन्द होला जस्ता धेरै अनुत्तरित प्रश्नहरु थिए मनमा | तर अन्ततः जब चलचित्र हेरियो यी सबै प्रश्नहरुको जवाफ सोंचेभन्द पृथक पाएँ अचम्म पनि लाग्यो र नेपालमा यस्तो खालको फिल्म बन्न थालेकोमा एकदम खुशी पनि लाग्यो | पछिल्लो समय अलिक फरक धारको फिल्महरुको आगमन नेपाली चलचित्र छेत्रमा बढिरहेको समयमा टुल्केले अर्को एउटा नयाँ आयाम थपिदिएको छ | Continue reading

Advertisements

आधुनिक शकुनी पासाहरु

सकुनी भन्नासाथ हामीलाई महाभारत युगको शकुनी मामाको याद आउँछ साथै उनको नामसँगै स्मरणमा झल्किन्छ उनको वौद्धिकता, धुर्त्याई र चालाकी | सोचौं त एकपटक त्यतिबेलाको शकुनी मामा अहिलेको नेपालमा छ कि छैन होला भनेर | भएको भए के हुन्थ्यो होला नभएको भए के हुन्थ्यो होला ? Continue reading

पल्पसा क्याफेकी पल्पसा म

‘पल्पसा क्याफे’ मैले पढेको पहिलो पुस्तक भनौं या उपन्यास भनौं | सायद म ब्याचलर पहिलो वर्षमा पढ्दै थिएँ होला जब मैले यो पुस्तक पहिलो पटक पढेथें | सायद त्यति बेला मेरो मष्तिस्क त्यति वयष्क पनि थिएन होला जब म पल्पसा क्याफेको दुनियामा प्रवेश गरें तर पनि मलाई यसको संसार सार्है रमाईलो लग्यो | यसले मेरो मननै छोयो या भनौं यति प्रभावित पार्यो कि मलाई त अहिलेसम्म पनि आफू पल्पसाझैं लाग्छ | थाहा छैन नारायण वाग्लेले कस्तो केटीको कल्पना गरेर पल्पसाको क्यारेक्टर पैदा गरेको हो तर म भने पल्पसामा आफूलाई जीवन्त पाउँछु | Continue reading