नाकाबन्दीको वार्षिकीमा सिक्नुपर्ने पाठ

पोहोर साल यतिबेला देश चरम अभावको रापमा पिल्सिरहेको थियो । भारतको नाकाबन्दीले जनजीवन एकदमै कष्टकर बन्दै थियो । नागरिकको भान्सामा खाना पकाउने ग्यास थिएन, त्यसको विकल्पको मट्टीतेल, दाउराको पनि अभाव, आवतजावत गर्नुपर्यो सवारीसाधनमा पेट्रोल/डिजेल थिएन, नाकाबाट सामान आउन नसकेर बजार भाउ छोईसक्नु थिएन । मौसम त चाडबाडको थियो चारैतिर तर अभावले मानिसहरुमा कुनै उत्साह थिएन, उमँग थिएन, हर्ष थिएन । बाध्यताको चाडबाड भयो सबै समुदायको लागि २०७२ । के दशैं, के दिपावली, के छठ, के ईद सबै चाडपर्व राजनीतिले छिट्टै गति लिओस् भन्दै बित्यो सम्भवतः हरेक जातजाती, समुदायको लागि ।

एक प्रकारको पीडा थियो सबैमा अभावको । अनि राजनीतिक आक्रोस पनि त्यस्तै थियो चाहे त्यो मधेशलाई काठमाडौंको सरकारसँग या काठमाडौंलाई मधेश केन्द्रित दलसँग । कारण फरक फरक भएता पनि सायद पीडा उस्तै थियो सबैतिरका नागरिकमा । कतै भूकम्पले टुक्रिएको मनमा अभावको दर्द थियो भने कतै बन्द र अभावको त्रासमा जनजीवन दिनानुदिन त्रसित हुँदैथियो । यसो हुँदा कष्टपूर्ण जनजीवनले पक्कै पनि एकअर्कामा दोषारोपण गर्नु स्वभाविकै हो तर राजनीति गर्नेहरुले भने वाहियात कारणहरु देखाएर नागरिकहरुमा विभाजन र वैमनस्यता सिर्जना गर्न खोज्नु कत्तिको जायज थियो त्यो हामीले सोच्नैपर्छ । Continue reading

Advertisements

सवारीले अड्काएको मेरो सवारी !

आज  त टाईममै अफिस पुग्छु भनेर ८ बजे हतार हतार पाकेको खाना पनि छाडेर हान्निए माइक्रो स्टेसनतिर ।  मनमैजुमा अफिस टाईम ठ्याक्क सुरुहुनुभन्दा अलिक अगाडि निस्कियो भने माइक्रो चढ्न लाईन बस्नुपर्दैन ।  त्यही भएर म अक्सर घरबाट अरुभन्दा छिटो निस्किन्छु, आज त तुलनात्मक रुपमा अझ चाडैं निस्किएँ । बिहानै त ट्राफिक जाम नहोला करिब आधा घण्टामा सुन्धारा पुग्छु अनि कात्यानीको टेम्पोले अलिक टाइम लगाउछ यता उता गरेर जसरी नि ९:१५ सम्ममा त अफिस पुग्छु भन्ने समयको क्यालकुलेसन मनमा गर्दै सदाझैं फुरुक्क परेर गाडीमा चढें ।

गाडीमा अक्सर बोर लाग्ने भएर म प्राय: किताब पढ्छु किनकि त्यतिबेला दैनिक तालिकामा अलिकति फ्री पाउँछु आफूले आफैलाई ।  आज भने हिजो अफिसमा हालेको ‘लोकमतको खोजी’ पढ्नु मन लाग्यो ।  हाम्रो तिरको माइक्रो उही त हो जति छिटो चढे पनि सार्वजनिक बिदाको दिन चढे पनि खचाखच हुनु स्वाभाविक हो । फरक यति मात्र हो कि तपाईंले सीट पाउनुभयो कि उभिन पर्यो । म भने सिट पाउने भाग्यमानीहरुमै पर्छु किनकि म स्टेसनबाटै चढछु ।

आज भने म महिला सिटको रिजर्भेसनको उपयोग गर्दै महिला सिटमा बसेर लोकतन्त्रको मजा लिदै किताबतिर ध्यान लाउदै आएँ ।  लोकतन्त्रका ठूलाठूला व्याख्याहरुमा रमाउदै थिएँ गाडी लैनचौरमा टक्क अडियो ।  चारैतिरबाट कोभन्दा को अगाडी पुग्ने मेसोमा छरिएका अव्यवस्थित गाडी र तीनको हर्नहरुले त्यो एरिया शान्ति दिवसको दिन पनि कोलाहलमय थियो । मैले किताबबाट आँखा हटाएँ र गाडीको झ्यालबाट बाहिर चिहाएँ । सडक भद्रगोल रहेछ यत्रतत्र छरिएका स्कुलका गाडी, एम्बुलेन्स, सार्वजनिक सवारीसाधन, प्राईभेट सवारीसाधनहरु ।

A sea of vehicles seen at jamal due to the traffic being held up for President Dr. Ram Baran Yadav to attend the Botojatra in Jawalakhel on Sunday. Much of the traffic in the valley witnessed almost three hours of traffic jam due to the President. post photo / kaushal adhikari / kantipur

मोबाइलमा टाईम हेरें भर्खर ८:२० भएको रहेछ । माइक्रोबाट गन्तव्य समयमा पुग्न नपाउनुका विवश आवाजहरु ओइरिए ‘एका बिहानै हैन के को जाम हो यो ?’ ड्राइभरले व्यंग्यात्मक पाराले प्रतिउत्तर दिए ‘सवारी छ रे !’

fpc4i39

फेरि एकजना बुज्रुक प्यासेन्जरले अर्को व्यंग्य हाने ‘अब सवारी भन्ने होइन । को गयो को आयो भन्नुपर्छ । सवारीलाई त हामीले रानीवनमा उहिल्यै थन्क्याईसकेको होइन !’ माइक्रोमा एकछिन सबैको हाँसो फैलियो ।

कुन्नि कसको पट्यारलाग्दो सवारीको पर्खाईमा एकछिन भनेपनि पोलिटिकल प्रहसन राम्रैसँग जम्यो गाडीमा । म भने आफ्नो हातमा रहेको किताबको लोकतान्त्रिक व्याख्या र दैनिक जीवनमा आफूले भोग्नु परेको लोकतन्त्रको देनलाई मनमनै विश्लेषण गरें र मुस्कुराएँ । जसले जतिसुकै तर्क वितर्क गरे पनि आखिर त्यों १५ मिनेटको प्रहसनमा भनिएझैं ‘तन्त्र जे जे आएपनि हामी नागरिकमाथि शाशन गर्ने तरिका फेरिएको छैन’ भन्ने कुरामा म पनि नजानिदो पाराले सहमत भएँ । किनकि यो यदाकदा १-२ दिनको सास्ती होइन नागरिकले भोग्नुपरेको । हरेक दिनजसो उही कहानी- बिहान जाँदा बेलुका फर्कदा । उसैनी काठमाडौं ट्राफिक जामबाट कहिल्यै मुक्त हुनसकेको शहर होइन त्यसमाथि दैनिकको यो सास्ती । हजारौं मानिसको दिनको उर्जानै आधि घटाउछ केहि मान्छेहरुको विलासीताको यो लतले | तर साँचीनै सोच्ने हो भने नेपाली राजनीति जहिले यसरी कमेडी र प्रहसनमै मात्र सिमित हो त ? नागरिकको दैनिकी सहज बनाउन, नागरिकको सुविधाको बारेमा काम गर्नको लागि त हामीले ती बुज्रुक प्यासेन्जरले भनेझैं सवारीलाई रानीबनमा थन्क्याएका थियौं सायद तर पनि अवस्था उही नकाब मात्र फरक भयो भने आखिर आम मान्छेले के पायो त यी परिवर्तनहरुबाट | सुनेको थिएँ अन्य देशहरुमा त यस्तो हुँदैन अरे तर हम्रोमा आखिर किन डराउछन् होला ? ‘नबिराउनु, नडराउनु’ भनेझैं राम्रो काम गर्नु शानले हिड्नु नि !

अचम्म लाग्छ सवारी पनि कति गर्छन् मेट्रो ट्राफिकले भन्ने गरेका यी अति विशिष्ट व्यक्तिहरुले ।  हिजो बेलुका घर फर्कदा पनि सवारी भन्दै थियो आज बिहानै पनि सवारी रे ! काममा समयमै जान पाईदैन, साँझ घरमा जहिले किचकिच ढिलो भएकोमा । यिनीहरुको सवारीको चापमा सधैं हाम्रो भने समय बर्बाद हुने भो भनेर फेरि मैले नबुझेको लोकतन्त्रलाई बुझ्न किताबतिरै आँखा लगाएँ । आखिरमा जे जे तन्त्र भनिएपनि त्यसका अर्थ र व्याख्या किताबकै ठेलीमा मात्र त भेटिने रहेछ हामी आम मान्छेले | यथार्थमा त शाशन प्रणाली उही त रहेछ नि आखिर !

संविधान दिवस र मधेश

विगतलाई फर्केर हेर्ने हो भने अधिकार प्राप्तिका लागि धेरै पटक आन्दोलन भएका छन् । २००७ सालमा प्रजातन्त्र प्राप्तिका लागि राणा विरुद्ध लडेका नेपालीलाई २०४६ सालमा पुनः आन्दोलन गर्नुपर्ने अवस्था आयो  । यस्तै ०६२/०६३ सालमा लोकतन्त्रको लागि नेपाली जनताले रगत बगाए, परिणाम स्वरुप देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भयो । देशमा दुई दुई पटक संविधानसभाको निर्वाचन भयो । पहिलो पटक जनताकै प्रतिनिधिहरुले संविधान निर्माण गरेका छन् । पहिलो संविधानसभाको असफलता पछि दोस्रो पटक निर्वाचन गरेरै भए पनि संविधान लेखनको कार्यलाई दलहरुले संविधानसभाबाटै गर्न भने सफल भएका हुन् । तर पहिलो र दोस्रो संविधानसभा निर्वाचनको वातावरण भने फरक भईसकेको थियो । पहिलोमा सबै राजनीतिक दलको साझा एजेण्डा संविधानसभाको निर्वाचन थियो भने दोस्रोमा केहि दलले निर्वाचन बहिष्कार गरेका थिए । जे भए पनि अधिकांश दल र जनताले निर्वाचनमा सहभागिता जनाए । यसैको परिणाम स्वरुप २०७२ असोज ३ गते संविधानसभाले संविधान जारी गर्न सफल भएको थियो ।  राजधानीमा संविधान जारी भईरहेकै समयमा मधेश केन्द्रीत दलहरु भने संविधानसभालाई बहिष्कार गरेर आन्दोलनमा हुमिएका थिए । यसरी संविधानसभाले जारी गरेको संविधानलाई एक क्षेत्रले अस्वीकार गर्दा संविधान कार्यन्वयनको पाटोमा शंका उत्पन्न भएका छन् । Continue reading