आमा बिनाको आमाको मुख हेर्ने दिन!

एकाबिहानै आमा भेटिन्छ कि भनेर मातातिर्थ धाएँ । आजकल म कुनै पनि बहाना छुटाउदिन जसले मलाई मेरो आमाको नजिक पुर्याओस् । पशुपतिमा रात भर बसेर बत्ति बाल्नेदेखि लिएर भिडभाड छिचोल्दै तिर्थ धाउनेसम्म पनि तर विरक्त लाग्छ खै कहिँ कतै भेट्दिन उनलाई । सधैं मनमा एकखालको पछुतो छ कि उनलाई अझ धेरै दिनसम्म बचाउन नसकेकोमा, जीवनभर उनको सेवा गर्न नपाएकोमा । खै कसलाई दोष दिने आफैलाई, क्यान्सरलाई, अस्पताललाई, डाक्टरलाई, भगवानलाई कि कसलाई ? भक्कानो फुटेर आउछ जब यस्ता कुराहरुले दिमागलाई अनायासै घरीघरी पिरोल्ने गर्छ । झन् अझ भक्कानो फुटेर आउछ जब वर्षैपिच्छे यस्ता डेहरु घुमेर आउछन् ।

हुन त औशीहरु प्राय: काला नै हुन्छन् । सायद त्यही भएर मजस्ताको लागि पनि कालै रह्यो र अब सधैं रहनेछ । कालो यस अर्थमा कि आज जोमा सम्पर्पित दिन हो उनीनै छैन यो संसारमा अब यो दिन मनाउनको लागि, अब कसको मुख हेर्ने, कसको लागि खुशी हुने । जता गयो लाग्छ सबै खुशी छन् सबैलाई आफ्नो आमा भेट्न जानको, आमाको मुख हेर्नको चटारो छ । चारैतिर खुशियाली छ । अरु डेहरु प्राय: त्यति वास्ता हुँदैन रहेछ, मनाए पनि नमनाएपनि, कोहि भएपनि नभएपनि तर आज चाहिं किन हो मन सार्हो खल्लो हुँदो रहेछ । सायद आमा शब्दनै यति महान् भएर होला । यो सम्बन्धनै यति मिठो भएर होला । Continue reading

Advertisements

लोकमानसिंह कार्की विरुद्द महाअभियोग तार्किक निष्कर्षमा पुर्याउन तन्नेरीहरुको अपिल !

अहिले व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्द दर्ता गरिएको महाअभियोग प्रस्तावलाई लिएर सांसद, राजनीतिक दल, मिडिया, नागरिक समाजमा ठूलो चर्चा छ । तन्नेरी चासोमा आवद्द हामी देशभरिका तन्नेरीहरूले पनि सांसदहरुको यो कदमलाई हार्दिक स्वागत गरेका छौँ । ‘तन्नेरी चासो’ युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मंच हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरुको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरुमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।

कार्कीमाथि किन महाअभियोग लगाउनुपर्ने अवस्था आयो भन्ने तथ्यहरु सार्वजनिक रुपमै उनका पछिल्ला क्रियाकलापहरुले पुष्टि गर्दै आएको छ । महाअभियोग प्रस्ताव सहि दिशामा चालिएको एउटा सकारात्मक कदम हो । तन्नेरी चासोमा आवद्द हामी तन्नेरीहरूले कार्की नियुक्तिको प्रकृयाको दौरानमानै उनी यस पदका लागि अनुपयुक्त तथा अयोग्य व्यक्ति हो एवं उनको सो पदमा गरिने नियुक्तिले जनआन्दोलनको मर्म एवं भावनामा गम्भिर आघात पुग्दछ भनेर व्यापक खबरदारी गरेका थियौं । Continue reading

मानव साङ्गलो बेथितिको विरोधमा बोल्ने एक माध्यम

फेसबुक चलाउदै थिएँ मेरा आँखा एक्कासी वीरगन्जमा बसेर पत्रकारीता गरिरहेका साथी सुरेश बिडारीले सेयर गर्नुभएको एउटा समाचारमा गएर टक्क अडियो | अरुलाई त्यो समाचारले कत्ति छोयो छोएन थाहा भएन तर मलाई मधेशको यो एउटा समाचार खोलेर पढ्न मनमा उत्सुकता बढ्यो | समाचार थियो ‘अस्पताल सुधारको माग गर्दै मानव साङ्ग्लो’, त्यो पनि उपछेत्रीय अस्पताल वीरगन्जमा | पोहोर साल पनि सायद यही मौसमतिर मधेशमा आन्दोलनको दौरान मानव साङ्गलो बनाईएको थियो |
Continue reading